२०८२ असार २५ गते मङ्गलवार

सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?



२७ जेठ, काठमाडौं- नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सयले घटेको हो ।

यससँगै मंगलबार छापावाल सुन तोलामा १ लाख ९० हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । सोमबार तोलामा २१ सय ५० रुपैयाँ रहेको चाँदी मंगलबार २१ सय ६५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्