२०८२ असार ९ गते आइतवार

सल्यानमा बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद सजाए



११ फागुन,घोराही ।
सल्यानमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेका शारदा नगरपालिका वडा नम्बर १५ निवासी १६ वर्षीय बालकलाई १२ वर्षसम्म कैदमा राख्ने फैसला भएको छ । आरोपी नाबालिक भएकाले ८ वर्षसम्म जेलमा बस्नु पर्ने भएको छ ।
जिल्ला अदालतका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले बालकलाई अभियोग दावी पुगेको भन्दै १२ वर्ष कैदको फैसला गरेको अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए । तर, आरोपित बालक १८ वर्ष नपुगेकाले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ३४ को उपदफा ४ बमोजिम ४ वर्ष कैद छुट भइ ८ वर्षको कैद सजाय भएको जिल्ला न्यायाधिवक्ता भीमसेन काफ्लेले बताए ।

उनले बालबालिकाको हकमा दुई तिहाइको सजाय कम भएका कारण ८ वर्ष कैद सजाय भएको जानकारी दिए ।०७६ माघ १२ गते बालिका बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सल्यानमा ०७६ फागुन २० गते आरोपित विरुद्ध जाहेरी दर्ता गराएका थिए । आरोपितलाई ०७६ फागुन २९ गते अदालतको आदेशले बाल सुधार गृह नेपालगन्ज पठाइएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्