२०८२ असार ९ गते आइतवार

सल्यानका आठ स्थानिय तहले गरे ११ वटा एम्बुलेन्स खरिद



१८ कात्तिक । सल्यानका आठ वटा स्थानिय तहले ११ वटा एम्बुलेन्स खरिद गरेका छन् । स्थानिय तहमा जनप्रतिनिधि आएको झण्डै तीन बर्षको अबधिमा जिल्लाका एक नगरपालिका र सात वटा गाउपालिकाले गरेर ११ वटा एम्बुलेन्स खरिद गरेका हुन् । जिल्लामा रहेका दश स्थानिय तह मध्ये अहिले बन्गाड कुपिण्डे नगरपालिकाले एम्बुलेन्स खरिदको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ भने शारदा नगरपालिकाले खरिद गर्ने सोच वनाएको छ ।

आफ्नो लागी गाडी र मोटरसाइकल खरिद गरेका स्थानिय तहका जनप्रतिनिधिहरुले झण्डै तीन बर्षको अबधिमा ११ वटा एम्बुलेन्स खरिद गरेका हुन् । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले सबै भन्दा धेरै ४ वटा एम्बुलेन्स खरिद गरेको छ ।
एम्बुलेन्स नहुदाँ नागरिकहरुलाई उपचारको लागी स्वास्थ्य संस्थाहरु सम्म जान समस्या भएकाले उनीहरुको सहजताको लागी एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाको भनाईरहेको छ ।
यस्तै कपुरकोट गाउँपालिका, दार्मा गाउँपालिका, कालीमाटी गाउँपालिका, कुमाख गाउँपालिकाले एकरएक वटा एम्बुलेन्स खरिद गरेका छन् ।

यस्तै अहिले सम्म एम्बुलेन्स विहिन शारदा नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने तयारी गरेको जनाएको छ । यस्तै बन्गाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन खड्काले नगरपालिका एम्बुलेन्स खरिदको प्रक्रियामा रहेको बताउनुभयो । उहाँले एम्बुलेन्स खरिदको लागी रकम भुक्तानी गरिसकेको बताउदैँ अबको केही दिनमा नगरपालिकाका एक वटा एम्बुलेन्स आउने जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार अहिले जिल्लाभर १७ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । कार्यालयका सुचना अधिकारी थलराज डिसीले सरकारी, निजि क्लिनिक र सहकारीको गरेर जिल्लाभर १७ वटा एम्बुलेन्स सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्