२०८२ असार २५ गते मङ्गलवार

विद्यालयमा सुधार देखिएपछि पुनःअध्यक्षमा निर्वाचित भए जङ्ग रोका



४ असार, घोराही- अखिल क्रान्तिकारी दाङ जिल्ला फ्याक्सन इन्चार्ज तथा नेकपा (माओवादी केन्द्र) का युवा नेता जङ्ग रोका घोराही उपमहानगरपालिका–१९ स्थित श्री भूमि आधारभूत विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः निर्वाचित हुनुभएको छ।

पूर्व जनप्रतिनिधि समेत रहनुभएका रोका यस विद्यालयको व्यवस्थापन समितिमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो। स्थानीय स्तरमा लोकप्रिय युवा नेताका रूपमा परिचित रोका विद्यालय सुधार र शैक्षिक गुणस्तर वृद्धिमा विशेष योगदान पुर्‍याउने संकल्पसहित पुनः अध्यक्षमा चयन हुनुभएको हो।

उहाँको नेतृत्वमा विद्यालयले विगत केही वर्षयता भौतिक पूर्वाधार सुधार, पठनपाठनको गुणस्तर अभिवृद्धि तथा विद्यार्थी भर्ना वृद्धिजस्ता महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको स्थानीय अभिभावकहरूको भनाइ छ।

विद्यालयको विकास र सामुदायिक सहभागिता सुदृढ गर्न रोका नेतृत्वको समितिले आगामी दिनमा अझ प्रभावकारी योजनाहरू कार्यान्वयन गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८२ असार ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्