२०८२ असार ९ गते आइतवार

वितेको ६ महिनामा विपतका घटनामा परि ३९ जनाको मृत्यु



२६ माघ,घोराही।
वितेको ६ महिनामा दाङमा विभिन्न विपतका घटनामा परि ३९ जनाको मृत्युभएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार सबै भन्दा धेरै २१ जनाको पानीमा डुबेर मृत्युभएको छ ।

चालु आर्थिक बर्षको ६ महिनामा खोला, ताल, पोखरी तथा कुवामा डुबेर २१ जनाको मृत्युभएको छ । त्यस्तै करेन्ट लागेर ६ जना, सर्पको डसाईबाट ५ जना, खोलामा बगेर ५ जना र पहिरोमा परि २ जना गरी ३९ जनाको मृत्युभएको हो ।

यसैविच आगलागी, बर्षा, चट्याङ र खोला नालाले साढे ७ करोड रुपैयाँको नोक्सानी भएको छ । ६ महिनाको बिचमा भएका ति विपतका घटनाका कारण ७ करोड ५२ लाख ६७ हजार २ सय २० रुपैयाँको नोक्सानी भएको केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्