२०८२ असार ९ गते आइतवार

लुम्बिनी प्रदेशका ६० वटा स्थानिय तहमा अधारभूत अस्पताल निर्माण हुदै



८ मंसिर । सरकारले लुम्बिनी प्रदेशका ६० वटा स्थानिय तहमा अधारभूत अस्पताल निर्माण थाल्ने भएको छ । लुम्विनी प्रदेशका ६० सहित देशभरका ३ सय ९६ वटा स्थानीय तहमा यही मंसिर १५ गते एकैदिन अस्पताल निर्माण शुरु गर्ने भएको हो ।

कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित अस्पताल नभएका स्थानीय तहहरूमा एकैपटक अस्पताल निर्माण थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अधिकृत सूर्यबहादुर खड्काले जानकारी दिनुभयो ।

लुम्विनी प्रदेशका १२ जिल्लाका ६० स्थानियमा आधारभूत अस्पतालहरु बन्ने भएका हुन् । जस अनुसार दाङका ६, रुकुम पूर्बका ५, बर्दियाका ४, बाँकेका ३, प्युठानका ५, रोल्पाका ७, अर्घाखाँचीका ४, गुल्मीका ११, पाल्पाका ३, कपिलबस्तुका ३, रुपन्देहीका ५ र नवलपरासीका ४ वटा गरी ६० स्थानिय तहमा आधारभूत अस्पताल बन्न लागेका हुन् ।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्