०६ माघ, दाङ । गोली लागेर महिला गम्भिर घाईते भएकि छन् । घाईते हुनेमा रोल्पा नगरपालिकामा वडा नम्बर ९ की ४५ वर्षीया बरु पुन रहेको जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिएका छन् । सोमवार बेलुकी पुनमाथी गोली प्रहार भएको हो ।
बनबाट घाँसको भारीसहित घर फर्किदै गरेकी पुनलाई हरिण ठानेर स्थानिय ३७ वर्षीय हस्तबहादुर पुनले गोली हानेका थिए । उनको टाउकोमा गोली लागेको छ । घाईते पुनलाई जिल्ला अस्पताल रेउघामा सामान्य उपचार पछि थप उपचारका लागी सोमवार राती नै भैरहवा मेडिकल कलेजमा रेफर गरिएको सुवेदीले जानकारी दिएका छन् ।
गोली हान्ने पुनलाई प्रहरीले मंगलबार बिहान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका पुनले आफनो बारीमा हरिणले गहुँबाली खाएर सताएकोले हरिण मार्न भन्दै पासो थापेको र सोहि ठाउँमा आफु बसीरहेको बेला बेलुकी पख हरिण ठानेर बन्दुकको गोली चलाएको प्रहरी सामु बयान दिएका छन् ।