५ पुस । रुकुम पश्चिमको बाफिकोट गाँउपालिका वडा न.६ परिवनबाट लागुऔषध सहित दुई महिला पक्राउ परेका छन । लागुऔषधको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट मग्मा रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलिले बाफिकोट गाउँपालिका वडा न.६ जिपसिङ बस्ने बर्ष ५० कि जसी राना र सोहि ठाउँकी अन्दाजी ४९/५० वर्षिय मिन कुमारी शाहीलाई पक्राउ गरेको हो ।
उक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट २ के.जि. लागु औषध चरेश सहित पक्राउ गरी नियन्त्रणमा लिएको ।पक्राउ परेकाबारे थप अनुसन्धान भईरहेको सुचना अधिकारि तथा प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिएका छ्न ।
प्रकाशित मिति : २०७७ पुष ५ गते आइतवार