२३ पुस,रुकुम पश्चिम ।
भोगोलिक रूपमा विकट मानिने रुकुम पश्चिमको विभिन्न स्थानमा क्यु आर पेमेन्टका लागि केही थान क्यु आर स्टयाण्डहरु वितरण गरिएको छ ।नेपाल राष्ट्र बैंकको नगद रहित बजार बनाउने नीतिका साथ सिभिल बैंकको सहकार्यमा उक्त व्यवस्था गरिएको हो ।
यो भन्दा पहिला वितरण गरिएका पसलहरुमा भुक्तानीका लागि सारै सजिलो हुने गरेको र व्यापार व्यवसाय समृद्धिको लागि सहयोग पुगेको सिभिल बैक रुकुम पश्चिम शाखाका प्रमुख नारायण पाण्डेले बताउनु भएको छ । रुकुममेलि जनतालाई सहज र सहजिलो होस भनेर यस्तो कार्यक्रम सुरु गरेको कार्यालय प्रमुख पाण्डेको भनाई छ । । सिभिल बैकले गरेको कामले नागरिकहरुलाई धरैनै सहज भएको ऋतु आर्युबेद मेडिकल हलका संचालक समेत रहेका ठान बहादुर केसी बताउनुुभएको छ । प्रविधिको विकास भएसंगै त्यसको प्रयोगलाई पनि संगसंगै अगाडि बढाउने हो भने आम मानिसको दैनिकीमा सहजता थपिदै जानेछ ।