२०८२ असार ९ गते आइतवार

राष्ट्रिय जनमोर्चाद्धारा सरकार बिरुद्ध बृहत प्रदर्शन



२३ पुस,घोराही ।
राष्ट्रिय जनमोर्चाले आज दाङको घोराहीमा बृहत प्रदर्शन गरेको छ । सरकारका पछिल्ला कदम विरुद्ध जनमोर्चाले बृहत प्रदर्शन गरेको हो ।

जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले सरकारका गतिविधीले गणतन्त्र, धर्मनिरपेक्ष र राष्ट्रियतामाथि नै खतरा भएको बताउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष केसीले जनमोर्चाले संघीयताको विरोध गर्दै आएको र वर्तमान समयमा पनि विरोध यथावत नै रहेको उल्लेख गर्दै संघीयता खारेजी गर्नुको विकल्प नभएको बताउनुभयो ।

संसद बिघटन गर्न पाउने प्रधानमन्त्रीको अधिकार नहुने स्पष्ट पार्दै उहाँले गणतन्त्र र प्रजातन्त्रको पक्षमा हुने सबै नेपालीले बिघटनको बिरोध गर्नुपर्ने धारणा व्यक्त राख्नु भयो ।सत्ता र शक्तिको लागि आपसमा लडाई गर्दा बाह्य शक्तिले फाईदा उठाउने बताउँदै चुनाबको घोषणाले नेपाली जनतालाई थप चिन्तामा पारेको उहाँको भनाई छ ।

संसद पुनस्थापनाको माग गर्दै उहाँले सबै नेपाली गणतन्त्र र धर्म निरिपक्षताको संरक्षक हुनुपर्नेमा जोड दिनुभयो । त्यसअबसरमा केन्द्रिय कार्यकारीणी अध्यक्ष रस्मीराज नेपाली, नेकपा मसालका जिल्ला प्रवक्ता भरत भण्डारी लगाएतकाले बोल्नुभएको थियो ।

महेश रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जनमोर्चाका जिल्ला सचिव बसन्त शर्मा पौडे्लले गर्नुभएको थियो ।।

प्रकाशित मिति : २०७७ पुष २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्