२०८२ असार २५ गते मङ्गलवार

राप्ती इन्जिनियरिङ कलेजका प्रिन्सिपल गिरी पोखरा विश्वविद्यालय सभा सदस्यमा मनोनित



६ असार, घोराही-लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आउनुभएका रेशम गिरी पोखरा विश्वविद्यालय सभाको सदस्य (सिनेचर) पदमा मनोनित हुनुभएको छ । यही असार २ गते नेपाल सरकारका प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उहाँलाई सभाको सदस्यमा मनोनयन गर्नुभएको हो ।

वि.सं. २०३५ साल मङ्सिर २३ गते प्युठान जिल्लाको झिमरुक गाउँपालिका–६ मा जन्मिनुभएका गिरी शिक्षा क्षेत्रको उन्नयनमा निरन्तर क्रियाशील रहँदै आउनुभएको छ । उहाँ २०७२ सालदेखि लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था राप्ती इन्जिनियरिङ कलेज, घोराही–१६ का प्रिन्सिपलका रूपमा कार्यरत हुनुहुन्छ ।

शिक्षा तर्फ आईटिमा मास्टर गरेका गिरी हाल पीएचडी स्कलर समेत हुनुहुन्छ । शिक्षासँगै उहाँ नेपाल क्षयरोग केन्द्र, राप्ती साहित्य परिषद्, सर्वोदय पुस्तकालय जस्ता विविध सामाजिक संस्थासँग सक्रिय रूपमा आबद्ध रहँदै आउनुभएको छ । यस्तै, लायन्स क्लब इन्टरनेसनल ३२५ एनका डिस्ट्रिक्ट एडभाइजर र क्यान महासंघ दाङ शाखाको अध्यक्ष हुदै पुर्व केन्द्रिय उपाध्यक्ष पदमा रही सफलता पुर्वक सूचना संचार तथा प्रविधिको क्षेत्रमा कार्य गर्दै आउनुभएको छ ।

यस्तै, घोराही–१६ सर्रामा अवस्थित राप्ती मोडर्न एकेडेमीका प्रबन्ध सञ्चालकका रूपमा समेत उहाँको सक्रियता देखिन्छ । पोखरा विश्वविद्यालयसँग प्रत्यक्ष तथा परोक्ष रुपमा लामो समयदेखि जोडिनु भएका गिरीले अब विश्वविद्यालयकै निर्णय तहमा रहेर युग सान्दर्भिक शिक्षा प्रणाली विकासमा योगदान दिने विश्वास गरिएको छ । उहाँको अनुभव, ज्ञान र दूरदृष्टिले नेपाली उच्च शिक्षा प्रणालीलाई थप प्रभावकारी र गुणवत्तायुक्त बनाउने विश्वास गरिएको छ ।।

प्रकाशित मिति : २०८२ असार ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्