१८ मंसिर । राजसंस्था पुनरस्थापनाको माग गर्दै दाङमा बृहत प्रदर्शन गरिएको छ । राज संस्था पुनरस्थापना सहित हिन्दु राज्यको माग गर्दै सडकमा उत्रिएका राजाबादीहरुले ठूलो शक्ति प्रदर्शन गरे । सैयौैँको संख्यामा मोटरसाईकल र्याली गरेका उनिहरुले घोराही बजार परिक्रमा गर्दै राजाको पक्षमा नाराबाजी गरेका थिए । बिशाल र्यालीमा सहभागी उनिहरुले ‘राजा आउ देश बचाउ’ , हिन्दु राज्य कायम गर लगाएतका नारा लगाएका थिए ।
उक्त प्रदर्शनमा युवाहरुको उल्लेख्य सहभागीता रहेको थियो । दाङमा राजबादीहरुको प्रदर्शनलाई कमजोर आँकलन भने गरिएको थियो । प्रदर्शन गरिएपनि उल्लेख्य संख्यामा जनसहभागीता नहुने आँकलन गरिएको भएपनि विहिवार घोराहीमा उनिहरुले देखाएको शक्ति प्रदर्शनले अन्य राजनीतिक दललाई चकित तुल्याईदिएको छ ।
र्याली पश्चात आयोजना गरिएको कोणसभामा अहिलेको शासन व्यवस्था र शासकहरुको चर्को आलोचना गरेका प्रदर्शनकारीहरुले मुलुकको बृहत्तर हितका निम्ती राजसंस्था अपरिहार्य रहेको बताएका थिए ।