२०८२ असार ९ गते आइतवार

म्याग्दीमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु, अन्य १० जना घाइते



१४ कार्तिक । म्याग्दीको रातोपहिरोमा जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

रघुगंगा–६ पाखापानीदेखि बेनीका लागि छुटेको ध १ ज ८९६ नम्बरको जीप दुर्घटना हुँदा अन्नपूर्ण–२ की १० वर्षीया रिया विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते विकलाई बेनी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । मृतक बालिका दसैंमा मामाघर गएर आफ्नो घर फर्कन बेनीतर्फ आउँदै थिइन् ।

जीप चालक रघुगंगा–६ का ३० वर्षीय नन्दबहादुर छन्त्याल बेहोस छन् । उनलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।

खुट्टा भाँचिएका ४२ वर्षीय दलप्रसाद गौचनलगायत ९ जनाको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्