२०८२ असार २५ गते मङ्गलवार

बीपी राजमार्गमा १५ दिनका लागि राति गाडी चलाउन रोक



७ असार, काठमाडौं– काठमाडौं उपत्यकालाइ मध्य र पूर्वी तराइ जोड्ने बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ ।

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार को बैठकले राजमार्ग छेउछाउको नदी र पहाडी क्षेत्रमा बाढीपहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि ने रातको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड बढी जोखिमयुक्त क्षेत्र अन्तर्गत पर्छ। यो क्षेत्रको पहाडी भूभागबाट निरन्तर वर्षाको समयमा हिलो बग्ने हुँदा बीपी राजमार्ग अवरुद्ध हुँने समस्या छ।

प्रकाशित मिति : २०८२ असार ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्