२०८२ असार २५ गते मङ्गलवार

बासु सरको ‘हामी शिक्षक’ गीत सार्वजनिक (भिडियो सहित)



२४ फागुन, घोराही – शिक्षकहरूको संघर्ष र शिक्षाको महत्त्व उजागर गर्ने ‘हामी शिक्षक’ गीत सार्वजनिक भएको छ। बासु अधिकारी र सुनिता बुढा क्षेत्रीद्वारा स्वरबद्ध गीतको शब्द तथा लय अधिकारीले तयार पारेका हुन्।

‘बासु सर’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले शिक्षकहरूको हक, अधिकार, र सम्मानको पक्षमा आवाज उठाएको छ। गीत शिक्षकहरूको जीवनयथार्थ, विद्यार्थीहरूसँगको सम्बन्ध, र समाजमा शिक्षाले ल्याउने परिवर्तनमा केन्द्रित छ।
गायक तथा गीतकार अधिकारी प्यूठान माण्डवी गाउँपालिका- १ मा जन्मिएका हुन्। हाल दाङको आदर्श नमूना माध्यमिक विद्यालय, देउपुरमा स्थायी अंग्रेजी शिक्षकका रूपमा कार्यरत छन्। भिडियो माण्डवी गाउँपालिका, गणेश माध्यमिक विद्यालय तिराम प्यूठान लगायत स्थानहरूमा छायांकन गरिएको छ। ‘हामी शिक्षक’ ले शिक्षकहरूको सम्मान र अधिकारको लागि आवाज बुलन्द गरेको छ।।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्