१२ फागुन,घोराही ।
दाङबाट काठ्माण्डौका लागि छुटेको पूर्वी नवलपरासीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परि बस चालक घोराही उपहानगरपालिका वडा नम्बर १४ का ४० वर्षिय मोतिराम बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । मंगलबार दाङबाट काठ्माण्डौका लागि छुटेको ना ६ ख ५०३५ नम्बरको बस गएराती पुर्वी नवलपरासीको बिनय त्रिवेणी गाउँपालिका–२ को घ्युखोला नजिकैमा दुर्घटनामा परेको हो ।
तिब्र गतिमा रहेको बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि अन्य यात्रु सामान्य घाइते भएका छन् । दुर्घटनामा परेको बसको झण्डै डेढ सय मिटर चालकको शब भेटिएको प्रहरीले जनाएको छ ।