१ भदौ,घोराही –
प्यूठान जिल्ला अस्पताल विजुवारमा मौसमी ज्वरोको बिरामी बढेका छन् । मौसमी ज्वरोको प्रकोप फैलिएपछि जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, छाती तथा टाउको दुख्ने, झाडापखाला लगाएतका बिरामीको चाप दिनदिनै बढ्न थालेको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख डा. नवीन दर्नालका अनुसार दैनिक ३० जना भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी अस्पतालमा आउने गरेका छन् । ज्वरोका बिरामी जिल्लाभरि नै बढेको डा. दर्नालको भनाइ छ । जिल्लाका अन्य निजी स्वास्थ्य क्लिनिकमासमेत भाइरल ज्वरोका बिरामीको संख्या बढेका छन ।
भाइरल ज्वरो आएका बिरामीलाई नआत्तिन, झोल पदार्थ खान, सफा पानी पिउन, खानपिन र सरसफाइ लगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले सबैमा आग्रह गरेका छन् ।।