२०८२ असार ९ गते आइतवार

प्यूठानमा जिप दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु



३० साउन, प्यूठान — प्यूठानको स्वर्गद्वारी नजिकै भएको जिप दुर्घटनामा घाइते भएका प्यूठानका सन्दिप परियारको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।  मल्लरानी गाउँपालिका–३ चौरपानी निवासी परियार वैशाख १ गते स्वर्गद्वारी दर्शनका लागि गुल्मीबाट स्वर्गद्वारी आउँदै गरेको जिप दुर्घटना हुँदा घाइते भएका थिए ।

उनको उपचारका क्रममा काठमाडौंको टिचिङ अस्पतालमा मृत्यु भएको अस्पताल श्रोतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

परियारको चार महिनादेखि आईसीयूमा उपचार भइरहेको थियो ।
स्वर्गद्वारी नगरपालिका–५ रुमालेमा वैशाख एक गते लु १ ज १६५५ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो । परियार जिल्ला प्रशासन कार्यालय गुल्मीमा खरिदार पदमा कार्यरत थिए ।

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस्