२०८२ असार २५ गते मङ्गलवार

पसल बन्द गरी आन्दोलनमा उत्रिए दाङका सुनचाँदी व्यवसायी



२९ जेठ, घोराही- दाङका सुनचाँदी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरुले आज बिहानैदेखि पसल बन्द गरी आन्दोलन उत्रिएका छन् । सरकारले सुनचाँदी व्यवसायीहरु माथि विभिन्न बहानामा दमन गर्दै आइरहेकाले व्यवसायीहरु आन्दोलनमा उत्रिएको नेपाल सुनचाँदी व्यवसायी संघ दाङका अध्यक्ष बिनोदकुमार विश्वकर्माले बताउनुभयो ।

राज्यले व्यवसायीहरु निर्धारण गरेको सुनचाँदी कारोवारमा २ प्रतिशत बिलासिताको राजश्व खारेज गर्नुुपर्ने, हिरा र जवाहरात जडित गरगहनामा लागू गरिएको मूल्यअभिबृद्धि कर पुनर्विचार गरी खारेज गर्नुुपर्ने, व्यवसायीहरु हित, संरक्षण र विकास लागि कानून निर्माण गर्ने माग गरिएको छ ।

त्यस्तै राजश्व फेरबदलमा विस्तृत अध्ययन सहितको संसोधन गर्नुुपर्ने , भन्सार दर ६ प्रतिशत कायम गर्नुुपर्ने अन्र्तराष्ट्रिय मान्यता अनुुरुप परिक्षण व्यवस्थापन गर्नुुपर्ने र निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था गर्नुुपर्ने माग सहित देशव्यापी आन्दोलनमा उत्रिएको सुनचाँदी व्यवस््सायी महासंंघ लुम्विनी प्रदेशका अध्यक्ष धुर्व कुमार गहतराजले जानकारी दिनुुभयो ।।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्