२०८२ असार २५ गते मङ्गलवार

नेपालगन्जबाट १०६ ग्राम बढी ब्राउन सुगरसहित युवक पक्राउ



३ असार,दाङ- नेपालगन्जबाट प्रहरीले १०६ ग्राम बढी ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१ प्रगति टोलीका २९ वर्षीय चुनचुन पासीलाई १०६ ग्राम ९८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

सोही स्थानमै हिंडिरहेका पासीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त परिमाणको ब्राउन सुगर फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आइतबार साँझ पक्राउ परेका पासीलाई हिरासतमा लिएर लागुऔषध कसुरमा थप अनुसन्धान अगाडि बढाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ असार ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्