२०८२ असार ९ गते आइतवार

दाङ उद्योग बाणिज्य संघको मतदानमा अहिलेसम्म १ हजार ७ सय मत खस्यो



२० पुस, दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका लागि आज अध्यक्ष र कोषाध्यक्ष पदमा आज भएको निर्वाचनमा अहीले सम्म करिव १७ सय मत खसेको छ। चार हजार ३ सय ३६ जना मतदाता रहेको दाङ जिल्ला उद्योग वाणीज्य संघमा आज भएको निर्वाचनमा यो समाचार तयार पार्दासम्म करिव एक हजार सात सय मत खसेको त्यहा रहेका पत्रकार अमर राज आचार्यले जानकारी दिनुभएको छ।

मतदान वेलुका ५ वजेसम्म जारी रहने छ भने आजै मतगणना गरिने पनि आचार्यले जानकारी दिनुभएको छअन्य विभिन्न १९ पदका पदाधिकारी एवं सदस्यहरु भने यस अघि नै सर्वम्मत चुनि सकेका छन् । अध्यक्ष र कोषाध्यक्ष पदमा भने सहमती जुट्न नसकेका कारण निर्वाचन हुन लागेको हो । अध्यक्षमा बर्तमान उपाध्यक्षहरु बसन्त जोशी र टंकसिंह बुढाथोकी तथा कोषाध्यक्षमा कोषाध्यक्षमै रहेका शुसिल पोख्रेल र सदस्यमा रहेका धनपती शर्मा विच प्रतिस्पर्धा हुन लागेको छ ।

बुढाथोकी र पोख्रेललाई राजनितिक दल तथा व्यवसायीक संगठनहरुले साझा उमेद्वार बनाएका छन् भने जोशी र शर्माले स्वतन्त्ररुपमा उमेद्वारी दिनुभएको छ ।
२१ सदस्यीय कार्य समितिमा यस पटक ६ जना थपिएको छ । एक जना बरिष्ठ उपाध्यक्ष, एक जना सह कोषाध्यक्ष, एक जना एसोशिएट सदस्य, एक जना बस्तुगत सदस्य र अन्य दुई जना सदस्य गरि ६ जना नयाँ पदाधिकारी थप गरिएको हो ।

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस्