३ मंसिर । दाङमा प्रहरीले साढे दुई लाख नगद सहित सातजना जुवाडेलाई पक्राउ गरेको छ। जिल्लाको घोराही उपमहागनरपालिका १६ मुनाटोलका पूर्णराज भण्डारीको घरमा जुवा खेलिरहेका ७ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई नगद दुई लाख ६८ हजार तीन सय १५ रुपैयाँ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा घोराही १६ का ३८ बर्षीय डम्मर डिसी,३६ बर्षीय तेजप्रसाद गिरी, ४० बर्षीय प्रेमराज भण्डारी, २८ बर्षीय बिबेक भण्डारी, घोराही १७ का ३४ बर्षीय किशोर बुढामगर र २७ वर्षीय अजय भुसाल रहेको प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो ।
भण्डारीको घरमा जुवा भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा उनिहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट ६ गड्डी तास समेत बरामद भएको छ भने उनीहरुलाई जुवा ऐनमा मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ ।