३ मंसिर । दाङमा कालिजको शिकार गर्न जादै गर्दा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर २ बंगलचुली पारामुनी सोतामा बस्ने टोप बहादुर घर्ति र भोज बहादुर घर्ति भरुवा वन्दुक लिई कालिजको सिकार गर्न जाने क्रममा भरूवा बन्दुक पड्किँएको हो । वन्दुक पड्किँदा ४१ वर्षीय भोजबहादुर घर्तीको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उक्त हतियारसहित ३९ वर्षीय टोप बहादुर घतिलाई पक्राउ गरेको छ । साथै उनलाई नियन्त्रणमा लिई निजलाई मूलुकी अपराध संहिता ऐन २०७४ को कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।