२०८२ असार ९ गते आइतवार

दाङमा बेवारीसे अबस्थामा शब फेला



२६ माघ,घोराही ।
दाङमा आज एक जनाको बेवारीसे अबस्थामा शब फेला परेको छ । घोराही उपमहानगरपालिका ५ थारुबासमा अन्दाजी ४० बर्षको पुरुषको शब फेला परेको हो ।

पोखरीमा तैरीएको अबस्थामा शब फेला परेको र सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका अपराध अनुसन्धान अधिकृत, प्रहरी निरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभएको छ ।

शब सडेको अबस्थामा रहेको र पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ल्याईएको उहाँको भनाई छ ।

खर काट्न जंगल गएका धर्नाका स्थानियहरुले शब देखे पछि प्रहरीलाई खबर गरेका थिए । शिकार खेल्न गएका व्यक्ति लडेर पोखरीमा परी मृत्युभएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्