१० साउन, घोराही – प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराधका घटना दाङमा बढ्दै गएका छन् । दाङमा बितेको एक वर्षमा साइबर अपराधसम्बन्धी झण्डै तीन सय उजुरी दर्ता भएको जिल्लाप्रहरी कार्यालय दाङले जनाएको छ ।
साइबर अपराधसम्बन्धी मुद्दाहरु हेर्ने अधिकार पहिले प्रहरीको केन्द्रीयकार्यालयलाई थियो । जिल्लामा यो अधिकार आएको एक वर्षमै दाङमा साइबर अपराध सम्बन्धी उजुरीहरु धेरै आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सोम घर्ती मगरले बताउनुभयो ।
साइबर अपराध र अनलाइन ठगीका गरी एक वर्षको अवधिमादुई सय ७३ उजुरी दर्ता भएका छन् । जसमा साइबर अपराधको एक सय ८३ वटा उजुरी दर्ता भएकोमातीमध्ये १३ वटा मुद्दादर्ता भएकाउहाँले बताउनुभयो ।
परेकाउजुरीमध्य ५७ वटा उजुरीको फछ्र्याैट भएका छन् भने एक वर्षको अवधिमाअनलाइन ठगिका ९० वटा उजुरी दर्ता भएकाथिए । जसमा ३२ वटा फछ्र्याैैट भएका छन् ।
बढ्दो सामाजिक सञ्जालको प्रयोग र सचेतनाको अभावले ठगीका घटना बढेको दाङ प्रहरीले जनाएको छ । साइबर अपराधबाट महिला तथा बालबालिकाहरु बढी प्रभावितहुने गरेका छन् ।
अपराध गर्ने र ठगी गर्नेलाई कानुनी कारवाही न्यून भएकोले साइबर अपराधका घटनाहरु बढ्दो रहेको प्रहरीको दाबी छ । उजुरी परेका धेरैजसो चिट्ठाको आश्वासनमा फसेको प्रहरी निरीक्षक घर्ती मगरले बताउनुभयो ।
यस्तै फेसबुक ह्याक गरी अनलाइनलगानी गर्दा धेरै फाइदा भएको झुठो कुरा पोष्ट गरी अरुलाई पनि लगानी गर्न लगाई ठगी गर्ने, सम्बन्ध बिग्रिएपछि पुरानो गोप्य तस्विर र भिडियोहरु पोष्टतथा शेयर गर्ने गरेको उजुरी आउने गरेको प्रहरी निरीक्षक घर्ती मगरले बताउनुभयो ।।