६ असोज ,तुलसीपुर –दाङको तुलसीपुरमा दिनदाहाडै एक ब्यक्तिले अन्धाधुन्द खुकुरी प्रहार गरि एक महिलाको हत्या गरेका छन् भने आमा छोरा गम्भीर घाइते छन् ।
उनको घटनास्थलमै हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रशाद पोखरेलले जानकारी दिए ।खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ बर्षीया कमला (चन्द्रकुमारी) हमाल र उनका छोरा ४५ बर्षीय बीरबहादुर हमाल गम्भीर घाइते भएका छन् ।
कमलालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँके तर्फ रिफर गरिएको छ । उनका छोरा बीरबहादुरको भने यो खबर तयार पार्दासम्म तुलसीपुरमै उपचार भइ रहेको छ । डिएसपी पोखरेलका अनुसार देउता चढेको भन्दै घरबाट खुकुरी लिइ निस्केका टेकबहादुरले गाउँमा जो भेटिन्छ्न उनैमाथि अन्धाधुन्द खुकुरी प्रहार गरेका थिए ।
घटनाका आरोपित टेकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।