२०८२ असार २५ गते मङ्गलवार

दाङमा छायांकन गरिएको ‘मान्छे चिन्न जानिन’ गीत सार्वजनिक



१७ जेठ, घोराही – दाङमा छायांकन तथा निर्माण गरिएको गीत ‘मान्छे चिन्न जानिन’ हालै सार्वजनिक भएको छ । गोबिन्द मधुर आचार्यको शब्द तथा संगितमा तयार पारिएको यस गीतमा गायिका संगीता चौधरीको सशक्त आवाज सुन्न सकिन्छ ।

राजनीतिक लोभ र पारिवारिक दरारको संवेदनशील विषयवस्तु बोकेको यो गीतले अहिलेको सामाजिक यथार्थ उजागर गरेको छ । सामान्य परिवारमा राजनीतिले कसरी असर पु¥याउँछ भन्ने कुरालाई कथा मार्फत गीतमा देखाइएको छ । सत्ता र शक्तिको खेलले सम्बन्धहरूमा पार्ने असर नै गीतको मुख्य सन्देश हो ।

चर्तित कलाकार गीतमा कमल गाउँले, सुदन थापा, निशा खड्का, डा. लोकराज पराजुली, पिताम्बर रिजाल, सम्झना डिसी र तेज जङ थापाले अभिनय गरेका छन्। निर्देशन सुदन थापाले गरेका हुन् भने छायाङ्कनको जिम्मा बिरु चौधरीले सम्हालेका छन् ।

गीतको सम्पूर्ण छायाङ्कन दाङमै सम्पन्न गरिएको छ, जसले स्थानीय कला र स्थानलाई समेत प्रस्तुत गर्न खोजिएको देखिन्छ । निर्देशक थापाले दर्शकलाई सोच्न बाध्य बनाउने गीत निर्माण गर्नु आफ्नो उद्देश्य भएको बताएका छन्। ‘मान्छे चिन्न जानिन’ नाटकियता र यथार्थलाई समेट्दै आएको गीतले दर्शक तथा श्रोतामाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।।

भिडियो पनि हेर्नुहोस..

 

प्रकाशित मिति : २०८२ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्