१० फागुन,घोराही ।
दाङमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार ५ सय ७२ पुगेको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार ति संक्रमित मध्य अहिले सम्म ३ हजार ४ सय ८८ जना संक्रमित निको भएका छन् ।
अहिले जिल्ला ३६ जना सकृय संक्रमित रहेका छन् । ति मध्य ३ जना कोरोना बिषेश अस्पताल बेलुझुण्डीको आइसोलेशनमा र अन्य ३३ जना घरमै रहेका छन् । घोराहीका २ र लमहीका एक जना संक्रमित आइसीयुमा रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभएको छ ।
सो अस्पतालमा ६ सय १६ जना भर्ना भएका थिए । ति मध्य १२ जना रिफर र ७ जनाको अस्पतालमा मृत्युभएको थियो । भने ४८ जनाको कोरोनाका कारण मृत्युभएको छ । यसैविच अहिले सम्म दाङमा २२ हजार ५ सय ७५ जनाको पिसिआर परिक्षण भएको समेत स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।।