२०८२ जेष्ठ ३२ गते शुक्रवार

थारु कल्याण कारीणी सभाको संगठन विस्तार तथा जागरण अभियान सम्पन्न



२५ पुस,दाङ । थारु कल्याण कारीणी सभा २ नं क्षेत्रिय समितिको संगठन विस्तार तथा जागरण अभियान कार्यक्रम शनिबार सम्पन्न भएको छ । थारु कल्याण कारीणी सभा २ नं क्षेत्रिय समितिको आयोजनामा घोराही उपमहानगरपालिकाको वडा नं ८ मर्पामा कार्यक्रम सम्पन्न भएको हो ।
यस कार्यक्रममा बाल्ने बत्ताहरुले थारुहरुको सहभागिता राज्य तहमा अझैपनि भई नसकेकोले हक अधिकार स्थापित हुन नसकेको बताएका छन् । विगत देखी राज्यबाट उपेक्षित हुदै आईरहको थारु समुदाय संघिय संरचना भईसकेपछाडी पनि समान पहुँच नभएको बत्ताहरुको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि थारु कल्याण कारीणी सभाका केन्द्रिय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले थारु समुदायको शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनितिक विकासकाका लागि जागरण आवश्यक भएको औल्याए । उनले जनसंख्याका आधारमा थारुहरुको समान सहभागिताका लागि राज्यले थारुको माग, मुद्दालाई गम्भिर रुपमा सुनुवाई हुनुपर्ने धारणा व्यक्त गरे । थारु आयोगका विकास चौधरीले थारु समुदायमा सांस्कृतिक, आर्थिक, सामाजिक रुपान्तरण आवश्यक रहेको धारणा व्यक्त गरे ।

थरुहट/थारुवान मार्चाका भानुराम थारुले सम्पूर्ण आदिवासी थारुहरुको पहिचान स्थापनाका लागि राज्यले थारुहरुको माग सम्बोधन गर्नुपर्ने बताए । उनले कैलाली कुनै व्यक्तिगत घटना नभएर राजनितिक घटना भएकोले रानितिक रुपमा नै यस घटनालाई निकास दिनुपर्ने धारणा व्यक्त गरे । त्यस्तै, थारु कल्याण कारीणी सभाका जिल्ला अध्यक्ष भुवन चौधरीले संवैधानिक रुपमा थारुहरुको माग, मुद्दालाई राज्यले सम्बोधन गरे मात्र न्याय सहितको समृद्धि देशमा संभव रहेको बताए ।
था.क.स क्षेत्र नं २ का अध्यक्ष अनिल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थरुहट÷थारुवान मोर्चाका श्रवन चौधरी, था.क.सका जिल्ला सदस्य दिपक दहित, दिपक चौधरी, धनिराम चौधरी थारु पत्रकार संघका अध्यक्ष नविन चौधरी लगायतले मन्तब्य व्यक्त गरेका थिए । सदस्य शान्ता चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण राजेश चौधरीले गरेका थिए ।

त्यसैगरी, थारु कल्याण कारीणी सभा २ नं क्षेत्रिय समितिले शोभाराम चौधरीको संयोजकत्वमा १५ सदस्यीय वडा स्तरीय समिति गठन गरेको छ । जसको उपाध्यक्षमा उर्मिला चौधरी, सचिवमा राजेश चौधरी, कोषध्यक्षमा सावित्रा चौधरी, सहसचिव धुर्मा चौधरी, सदस्यहरुमा लक्ष्मण चौधरी, खुशिराम चौधरी, ओम प्रकाश चौधरी, लबरु चौधरी, बुद्धि चौधरी, चुर्ण चौधरी, दान बहादुर चौधरी, मणिराम चौधरी, केशव चौधरी, र पुणिता चौधरी रहनुभएको छ । त्यस्तै सल्लाहाकारहरु चुडामणी चौधरी, बालकृष्ण चौधरी, जिवराज चौधरी, रहनुभएको छ ।

 

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस्