२०८२ असार २५ गते मङ्गलवार

त्रिभुवननगर जेसीजलाई जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार



१७ घोराही, दाङ-त्रिभुवननगर जेसीजले “ जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कार” प्राप्त गर्न सफल भएको छ । नेपाल जेसीज अन्तर्गतका क्षेत्र घ अन्तर्गत ५८ वटा स्थानीय शाखामध्ये त्रिभुवननगर जेसीजले प्रभावकारी परियोजना कार्यान्वयन, सक्रियता र संस्थागत जवाफदेहिताका आधारमा उच्च अंक प्राप्त गर्दै यो प्रतिष्ठित पुरस्कार हात पार्न सफल भएको हो ।

संस्थाले आफ्नो बार्षिक कार्ययोजना अन्तर्गत विविध युवा–केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । प्रभावकारी परियोजनाहरूको समयमै कार्यान्वयन, तालिम र सामाजिक जागरणमूलक कार्यक्रमहरूमा उल्लेखनीय भौतिक तथा भर्चुअल सहभागिता, राष्ट्रिय तथा प्रदेश स्तरका अभियानहरूप्रति प्रतिवद्धता, तथा जेसिज नेपालको संरचनात्मक अपेक्षाअनुसार नियमित प्रतिवेदन पेश गर्नुजस्ता अभ्यासका कारण त्रिभुवननगर जेसीजले ूजेनिथ सशक्तिकरण प्रशंसा पुरस्कारू अन्तर्गत स्वर्ण श्रेणी हासिल गरेको हो ।

त्रिभुवननगर जेसीजका अध्यक्ष टंक रावत अनन्तका अनुसार संस्थाले यस वर्ष विशेषगरी युवाहरूको नेतृत्व विकास, व्यक्तित्व अभिवृद्धि, सामाजिक उत्तरदायित्व र समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यमा निरन्तरता दिँदै आएको छ । “यो पुरस्कार हाम्रो सामूहिक प्रयास र संकल्पको सम्मान हो,” अध्यक्ष रावतले बताउनुभयो, “यसले हामीलाई अझ सशक्त रूपमा समाजका लागि क्रियाशील रहन प्रेरित गरेको छ ।”

त्रिभुवननगर जेसीजले युवाहरूलाई नेतृत्व र सामाजिक उत्तरदायित्वप्रति अभिप्रेरित गर्न “लीडरसिप डेभलपमेन्ट”, “पब्लिक स्पिकिङ”, “कम्युनिटी सर्भिस”, “स्किल डेभलपमेन्ट”, “न्यायिक सहायता तथा सचेतना अभियान” जस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । युवाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने उद्देश्यसहित तालिम, गोष्ठी, अन्तरक्रिया, तथा जनचेतनामूलक गतिविधिहरूको संयोजन गर्नु संस्थाको प्राथमिकता रहँदै आएको छ ।

यस वर्ष त्रिभुवननगर जेसीजले स्थानीय तहसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला सशक्तिकरण र स्वरोजगार प्रवर्द्धनजस्ता क्षेत्रमा समेत उल्लेखनीय कार्य गर्दै आएको छ । यी सबै प्रयासहरूले त्रिभुवननगर क्षेत्रलाई मात्र नभइ, सम्पूर्ण दाङ जिल्लालाई नै उदाहरणीय बनाउने दिशामा संस्था अगाडि बढेको देखिन्छ ।

जेसिजको मूल उद्देश्यअनुसार ुव्यक्तित्व विकासबाट राष्ट्र निर्माणु को भावनालाई आत्मसात गर्दै त्रिभुवननगर जेसीजले युवाहरूबीच नेतृत्व र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न निरन्तर योगदान पुर्‍याइरहेको छ । जेनिथ सशक्तिकरण प्रशंसा पुरस्कारको स्वर्ण श्रेणीले संस्थालाई अझ उच्च लक्ष्यतर्फ उन्मुख गराउने विश्वास अध्यक्ष रावतले व्यक्त गर्नुभयो ।

 

प्रकाशित मिति : २०८२ असार १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्