२८ माघ,तुलसीपुर । कोरोना भाइरसको संक्रमणका कारण करीव दश महिना ढिलो सम्पन्न भएको तुलसीपुर उद्योग वाणिज्यसंघको सर्वसम्मत नेतृत्व चयन गर्न गरेका प्रयासहरु सफल हुन नसकेपछि केहि पदमा निर्विरोध निर्वाचन भए पनि केहि पदमा सर्वसम्मत हुन सकेन । यस अघि सर्वसम्मत नेतृत्व र व्यवसायीका पनि प्रिय बनेका अनुप कुमार श्रेष्ठले सहमतीकैलागी फेरी पनि मनोनयन फिर्ता लिएपछि अध्यक्ष पदका नेपाली कांग्रेसको तर्फबाट टेकनप्रसाद बस्नेत(हिमाल) र नेकपाका तर्फवाट रामप्रसाद चालिसेको उम्मेदवारी पक्का भएको निर्वाचन अधिकृत प्रविण लम्सालले जानकारी दिए । कोषाध्यक्ष पदमा केशव वलीले मनोनयन फिर्ता लिएका छन् । अव कोषाध्यक्ष पदमा देव वहादुर केसी र डिल वहादुर वली लड्ने तयारी छ ।संघको उद्योग उपाध्यक्षमा यज्ञ वहादुर केसी, ललितजंघ शाह, वाणिज्य उपाध्यक्षमा मिनराज भण्डारी र गोकर्णप्रसाद गिरी, खुल्ला उपाध्यक्षमा रुप वहादुर खत्री र तुलसीराम न्यौपानेको आधिकारीक उम्मेदवारी भैसकेको छ ।
त्यसैगरी महासचिवमा विनिल केसी र केशव केसीले उम्मेदवारी दिएका छन् । उनीहरु दुवैजना चुनावी मैदानमा उत्रिसकेका छन् । नेपाली कांग्रेसका नेता केशव आचार्यले विनिल केसीलाइ आधिकारीक उम्मेदवार भएको बताएका छन् । पार्टिले दिएको म्यान्डेटअनुसार आफुले निर्णय गरेको पनि आचार्यले बताएका छन् ।
सचिव पदमा खुशलराम शर्मा, दुर्गाप्रसाद भण्डारी, सपना बस्नेत र वेदप्रसाद वली चुनावी माहौलमा लडिरहेका छन् । सहकोषाध्यक्षमा कमल गौतम हेमेन्द्र खड्का, टेकप्रसाद केसी चुनावी मैदानमा उत्रिएका छन् ।
त्यसैगरी सदस्यहरुमा जनक वहादुर रावत, नविन राइ, कोमल डिसी, दुर्गावहादुर खड्का, दिपेश भण्डारी, रुपेश शर्मा, झुपलाल खड्का, दुर्गाप्रसाद भुषाल, चक्र प्रकाश नेपाली, डिलाराम बुढाथोकि, लिलामणि चौधरी, पवन केसी, वालकृष्ण डांगी र चन्द्र वहादुर वली रहेका छन् । महिला सदस्यहरुमा यमकुमारी घिमिरे, नारायणि कुमारी बस्नेत, बव्वी वेगम कवौडिया, गंगा खडुका वली, निर्मला भुसाल रहेका छन् ।
निर्वाचनमा अझैपनि सहकार्य र समहतीको वातावरण जारीरहेको छ । केहि उम्मेदवारहरुले पार्टिको आधिकारीक टिममा लाग्नकालागीनै सकस भएको थियो भने अव सहजीकरण र समिकरणमा तुलसीपुर उद्योग वाणिज्यसंघलाइ चलाउने पनि एउटा गृहकार्य भैरहेको छ । त्यसमा पुर्व अध्यक्षहरु र राजनितिक दलका नेताहरु पनि लागिरहेका छन् ।