२०८२ असार २५ गते मङ्गलवार

तुलसीपुरमा करेन्ट लागेर दुई जना घाइते



६ असार, दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–१० वनगाउँमा करेन्ट लागेर दुई जना घाइते भएका छन् । आज बिहान ५ः३० बजेतिर लत्रिएको विद्युत तारमा मोटरसाइकल र साइकल जाँदा दुर्घटना भएको थियोे ।

प्रहरीका अनुसार वनगाउँबाट तुलसीपुर बजारतर्फ जाँदै गरेको रा. १ प. ७७७० नम्बरको मोटरसाइकल र एक साइकल जाँदा विद्युत् प्रवाह भइरहेको लत्रिएको तारमा छोएको कारणले करेन्ट प्रवाह हुँदा घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक एवम् प्रवक्ता सूर्य रानाका अनुसार तुलसीपुर–११ बेलगनार निवासी ४८ वर्षीय देसुराम चौधरी र तुलसीपुर–१० वनगाउँ निवासी ५२ वर्षीय चक्रपाणि अधिकारी घाईते हुनुभएको हो । घाइते दुवैलाई तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८२ असार ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्