२०८२ असार ९ गते आइतवार

तुलसीपुरमा एकै दिन ३ सय बढि सचालकहरु नियन्त्रणमा



३ फागुन, तुलसीपुर ।
तुलसीपुरमा डिएसपि शिब बहादुर सिहको एक्सनले एकै दिन ३ सय बढि सवारि साधन सचालकहरु सामान्य नियम उल्लङघन गरेकोमा नियन्त्रणमा परेका छन ।
आईतबार एकैदिन ५ स्थानमा प्रहरिको चेकिङमा तिन सय बढि लाई नियन्त्रणमा रख्न भनेको छ ।
मापसे,लाईसेन्स र कागजपत्र नभएका चालकहरुलाई ओरेन्टेसन गरिएको छ ।
ट्राफिक नियम उल्घन गर्नेहरुलाई आईतबार देखि धमाधम कारवाहि प्रकृया सुरु गरिएको हो । सोमवार देखि इलाका प्रहरी कार्यालयले सवारी चालक अनुमति पत्र नभएका, मापसे सेवन गरि सवारी साधन चलाउने र कागजात साथमा नभएकाहरुलाई ट्राफिक नियम उल्घन गरेको भन्दै पक्राउ गरेको छ । दुर्घटना न्युनिकरण अभियान अन्र्तगत तथा लागु औषध नियन्त्रको अभियान सञ्चालन गरेको प्रहरीले सोमवार वाट भने अटेरी गरि सवारी साधन चलाउने चालकहरुलाई नियन्त्रमा लिन सुरु गरेको जनाएको छ ।

तुलसीपुरको बसपार्क,गुम्राह चौक र हात्तिखौवा चौकमा गरिएको चेकजाँचका क्रममा लाइसेन्स, व्लुबुक नभएका सवारी चलाउने लाई पक्राउ गरिएको जनाएको छ ।
पक्राउ गरिएकाहरुलाई इलाका प्रहरी कार्यालयमा राखिएको तुलसीपुरमा प्रहरी नायव उपरीक्षक शिब बहादुर सिंहले जानकारी दिएका छन् । जसमा धेरै जसो लाइसेन्स नभएका अरुको मोटरसाइलक चलाकहरु रहेको उनले जानकारी दिए । उनका अनुसार यो अभियान करिब एक हप्ता सम्म जारि रहने छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्