२०८२ असार २५ गते मङ्गलवार

गगन डाँगीको‘मन बेचेको हुँ’ सार्वजनिक



३ बैशाख, दाङ-विगत लामो समयदेखि निरन्तर रूपमा नेपाली सांगीतिक क्षेत्रमा चम्किरहेका गणेश डाँगी गगनको नयाँ सांगीतिक कोसेली  मन बेचेको हु ’ सार्वजनिक गरिएको छ। गणेश डाँगीले यसअघि दर्जनौं गीतमा स्वर सहित शब्द संगीत समेत गरिसकेका छन् ।

गणेश डाङ्गी गगन नामक युट्युब च्यानल बाट सार्वजनिक भएको गीतमा  गोविन्द मधुर आचार्य को स्वर रहेको छ भने एरेन्ज रेकर्ड मिक्सिङ हेमराज डाँगीले गरेका हुन् यस गीतमा गणेशडाङ्गी गगनकै  शब्द  संगीत  रहेको छ।

दाङको  विभिन्न रमनिय ठाउँमा छायांकन गरेको गीतमा  गणेश  डाँगी गगन र  बिमला थापा मगरको अभिनय रहेको छ भने गीतमा निर्देशन गणेश डाँगी गगन आफैले गरेका छन् कोरियोग्राफी सम्पादन र कलरको काम अभिषेक मल्लले गरेका छन् । क्यामरा  जीव राज चौधरी ले चलाएका  हुन् भने व्यवस्थापनको रुपमा बिराट योगि ले  सहयोग गरेका हुन् ।

गीतको रेकर्ड महक स्टुडियो काठमाडौँमा गरिएको हो भने पोस्ट प्रोडक्सन स्मार्ट फिल्म स्टुडियोले गरेको छ।  मन बेचेको हु ’  बोलको यस गीतमा सुजन रेग्मीले पोष्टर आर्ट गरेका हुन् भने मिडिया सहयोगको रुपमा लक्ष्मीनारायण मिडिया प्राली तुलसीपुर दाङ रहेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्