२०८२ असार ९ गते आइतवार

कोरोनाबाट पोखरा र नवलपरासी गरि तीन जनाको मृत्यु, गण्डकीमा ७८ पुगे



१६ कात्तिक । कोरोना भाइरसको संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ । दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा एक जना पोखरा र दुई जना नवलपरासी पूर्वका छन् ।

पोखरा महानगरपालिका वडा नं ९ की ६२ वर्षीय महिलाको शनिबार मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ कार्तिक १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्