२०८२ असार २५ गते मङ्गलवार

आशोकले गरे “ऋ प्रो” एप्लिकेसनको लन्च



४ असार, घोराही- काठमाडौंका एक युवाले “ऋ प्रो” नामक सोशल मिडिया एप्लिकेसन निमार्ण गरेका छन् । बुढानीलकण्ठ नगरपालिका वडा नं. ११ का असोक देउजाले बनाएको नेपालको पहिलो स्वदेशी सोशल मिडिया एप्लिकेसन Ree Pro को आधिकारिक उद्घाटन भएको छ।

देउजाले बनाएको यो एप्लिकेसन play store र app store मा उपलब्ध छ र नेपालीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको पहिलो सामाजिक संजाल हो। Ree Pro को विशेषता Ree Pro ले युवाहरूलाई एकीकृत प्लेटफर्ममा रोजगारी खोजी, रोजगारी पोस्ट, कल, भिडियो, ब्लग, र अन्य सामग्रीहरू साट्ने सुविधा प्रदान गर्दछ। यसले उपयोगकर्ताहरूलाई आफ्नो प्रोफाइल सिर्जना गर्न र व्यावसायिक तथा सामाजिक नेटवर्किङ गर्न सजिलो बनाउँछ।

साथै, यसमा MCI(MENTAL CAPACITY INDEX) नामक स्व-मूल्यांकन उपकरण पनि समावेश गरिएको छ, जसले युवाहरूलाई आफ्नो क्षमता र योग्यतालाई परख्न मद्दत गर्दछ। संस्थापकको संदेश संस्थापक आशोक देउजाले भने, “हाम्रो लक्ष्य नेपाली युवाहरूलाई प्रविधिमैत्री प्लेटफर्म प्रदान गर्नु हो। Ree Pro ले नेपालीहरूका लागि सामाजिक संजाल, रोजगारी र शिक्षामा पहुँच बढाउनेछ।” उनले यसले “री एक्ट २०२१” को दिशानिर्देशमा काम गरेको बताए।

कहाँ पाउने? 

Ree Pro Android र IOS प्रयोगकर्ताहरु लागि Play Store र App Store मा उपलब्ध छ। यसको वेबसाइट मार्फत पनि सेवा लिन सकिनेछ। Link:REE PRO website: https://proree.com/ Appstore:http://itunes.apple.com/app/id6743311111 Android: https://play.google.com/store/apps/details?id=com.reepro.app

 

प्रकाशित मिति : २०८२ असार ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्