७ असार, घोराही- विश्व सङ्गीत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सङ्गीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्त्व स्मरण गर्दै हरेक वर्ष जुन २१ तारिखमा विभिन्न साङ्गीतिक कार्यक्रम गरी सङ्गीत दिवस मनाउने गरिन्छ ।
सङ्गीत दिवसको शुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।
सङ्गीत सिक्दै गरेका र व्यावसायिक सङ्गीतकारलाई एकै ठाउँमा ल्याउन र सङ्गीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका एक सय भन्दा धेरै देशमा सङ्गीत दिवस औपचारीक रुपमा मनाउने गरिन्छ ।
नेपाली मौलिक सङ्गीतसँगै पछिल्लो क्रममा विश्वमा विकास हुँदै आएका सङ्गीतका बारेमा अध्ययन, अनुसन्धान र सिर्जनाका लागि जोड दिनु पर्ने यस क्षेत्रमा लागेकाहरु बताउँछन् ।