७ मंसिर । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार तोलाको ९४ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार तोलामा ३ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन ९४ हजार ३ सय रुपैंयामा कारोबार भइरहेको छ भने तेजाबी सुन ९३ हजार ८ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलाको १ हजार २ सय १० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार