२०८२ असार २५ गते मङ्गलवार

अर्थमन्त्रीले कुन मन्त्रालयलाई कति बजेट दिए ?



१५ जेठ, काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारका निकायहरूलाई १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्‌ ।

मन्त्रालयगत हिसाबले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सबैभन्दा बढी २ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । गत वर्ष यो मन्त्रालयले २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

शिक्षापछि गृह मन्त्रालयले २ अर्ब ८ अर्ब रुपैयाँ विनियोजन अनुमान प्राप्त गरेको छ । तेस्रोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट प्राप्त गरेको छ ।

खर्बभन्दा बढी बजेट पाउनेमा शहरी विकास मन्त्रालय पनि अटाएको छ । यो मन्त्रालयका लागि अर्थमन्त्री पौडेलले एक खर्ब १८ अर्ब रुपैयाँ विनियोजन गरिदिएका हुन्‌ ।

बजेटको सबैभन्दा ठूलो हिस्सा भने अर्थ मन्त्रालयले आधा दर्जन शीर्षकमा आफैँसँग राखेको छ ।

मन्त्रालयगत कुल व्यय अनुमान :

मन्त्रालय आगामी आर्थिक वर्षमा विनियोजन चालु आर्थिक वर्षमा विनियोजन
शिक्षा, विज्ञान तथा प्रविधि २ खर्ब ११ अर्ब २ खर्ब ३ अर्ब ६६ करोड
गृह २ खर्ब आठ अर्ब १ खर्ब ९९ अर्ब
भौतिक पूर्वाधार तथा यातायात १ खर्ब ५२ अर्ब १ खर्ब ५० अर्ब ५३ करोड
शहरी विकास १ खर्ब १८ अर्ब ९२ अर्ब ६३ करोड
स्वास्थ्य तथा जनसंख्या ९५ अर्ब ८१ करोड ८६ अर्ब २४करोड
कृषि तथा पशुपन्छी ५७ अर्ब ४८ करोड ५६ अर्ब २९ करोड
ऊर्जा, जलस्रोत तथा सिँचाइ ८६ अर्ब १ करोड ५० अर्ब ७४ करोड
खानेपानी मन्त्रालय ३३ अर्ब ८९ करोड २६ अर्ब ६३ करोड
वन तथा वातावरण मन्त्रालय १८ अर्ब ६१ करोड १५ अर्ब ७० करोड
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन १३ अर्ब २८ करोड ११ अर्ब ९१ करोड
उद्योग, वाणिज्य तथा आपूर्ति १० अर्ब १४ करोड ९ अर्ब २८ करोड
श्रम, रोजगार तथा सामाजिक सुरक्षा ४ अर्ब २८ करोड ८ अर्ब १० करोड
सञ्चार तथा सूचना प्रविधि ७ अर्ब ७२ करोड ७ अर्ब ३५ करोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण ७ अर्ब ४९ करोड ६ अर्ब ८२ करोड
रक्षा ६२ अर्ब एक करोड ५९ अर्ब ८७ करोड
परराष्ट्र ७ अर्ब ८४ करोड ६ अर्ब ७७ करोड
युवा तथा खेलकुद ६ अर्ब ८ करोड ३ अर्ब ५० करोड
महिला, बालबालिकातथा ज्येष्ठ नागरिक २ अर्ब ८ करोड १ अर्ब ६० करोड
अर्थ (अन्य बाहेक) ४९ अर्ब ९० करोड २ खर्ब २२ अर्ब
कुल बजेट १९ अर्ब ६४ अर्ब ११ करोड १८ अर्ब ६० अर्ब ३० करोड

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्